कोरोनाबाट थप पाँच जनाको मृत्यु, नेपालमा मृत्तकको संख्या ३१७ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोनाबाट थप पाँच जनाको मृत्यु, नेपालमा मृत्तकको संख्या ३१७ पुग्यो

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाको ज्यान गएको छ ।

    बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप एक महिला र चार पुरुष गरी ५ जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

    देशभर थपिए १,२४६ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका थप ५७२ जना संक्रमित थपिएको जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टि भएको हो ।

    नेपालमा आज संक्रमण पुष्टि भएका १,२४६ जनाममध्ये ५७२ जना काठमाडौं उपत्यकाभित्रका हुन् । काठमाडौं उपत्यकामा फेरि संक्रमितको संख्या बढ्न थालेको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केहि दिनअघि भन्दा बढेर आज थप १,२४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप एक हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन् ।

    हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन् । यीमध्ये होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ४३८ जना छन् ।