पहिलो खेलमै पिएसजी पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पहिलो खेलमै पिएसजी पराजित

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनको पहिलो खेलमै पराजित भएको छ।

    पिएसजीलाई नवप्रवेशी टिम लेन्सले पराजित गरेको हो। खेलमा लेन्सले पिएसजीमाथि १-० गोलको जित हात पार्‍यो। लेन्सको जितमा गनागोले ५७ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

    फरवार्ड केलियन एमबाप्पेसहित सात जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल नै अन्योलमा परेको थियो।

    खेलमा एमबाप्पेसहित ब्राजिलयन फरवार्ड नेइमार, एन्जेल डि मारिया, माउरो इकार्डी, मार्क्युन्होस लगायतका खेलाडी अनुपस्थित थिए।

    यस्तै उसले तेस्रो रोजाइका गोलकिपर बुल्कालाई खेलाएको थियो।

    कोरोना भाइरसको डर भए पनि खेलमा ५ हजार दर्शकलाई प्रवेस दिइएको थियो।पिएसजीले पछिल्लो आठ वर्षमा सात उपाधि जितेको थियो।

    अब पिएसजीले लिगको दोस्रो खेलमा मार्सेलीसँग आइतबार खेल्नेछ। खेलका लागि उसले लेन्सविरुद्ध नखेलेका खेलाडीको पुन परीक्षण गर्नेछ।