सलमानकाे ‘टाइगर ३’ बन्ने, हुने भयाे ठूलाे लगानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सलमानकाे ‘टाइगर ३’ बन्ने, हुने भयाे ठूलाे लगानी

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७७, शुक्रबार

    एजेन्सी : बलिउड स्टार सलमान खान अब ‘टाइगर ३’ लिएर आउने भएका छन्। यो फिल्ममा अहिलेसम्मकै सबैभन्दा बढी लगानी हुनेछ। टाइगर सिरिजको यो फिल्ममा दुई सय करोड भारतीय रुपैयाँ लगानी हुने जनाएको छ।

    अहिलेसम्म बलिउडमा फिल्म यति धेरै लगानी भएको छैन। टाइगर सिरिजका अघिल्ला दुई फिल्मले राम्रो कमाइ गरेपछि निर्माता यसमा लगानी बढाउन उत्साहित भएका हुन्। यसमा सलमानलाई एक करोड भारतीय रुपैयाँ दिइने जनाएको छ।

    यस अघिको फिल्म टाइगर जिन्दा हैले चार सय करोड भारतीय रुपैयाँ कमाएको थियो। यसको सुटिङ मुम्बई स्टुडियोमा हुने भएको छ। सलमानको आउन लागेको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’को सुटिङ सकिएपछि यसको सुटिङ हुने जनाएको छ। यसमा सलमानसँगै क्याट्रिना कैफ पनि हुनेछिन्।