देवरसँग झगडा परेपछि मृत अवस्थामा फेला परिन् महिला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    देवरसँग झगडा परेपछि मृत अवस्थामा फेला परिन् महिला

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङ कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । देवर शिशिर गुरुङसँग झगडा परेपछि सुकु कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उक्त घटनामा प्रहरीले युवतीका श्रीमान् नवराज गुरुङ र देवर शिशिरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार शिशिरले भाउजु सुकुलाई लछारपछार गरेपछि श्रीमान्ले छुट्याएका थिए । त्यसपछि युवती आफ्नो कोठामा गएकामा केही समयपछि श्रीमान् कोठामा पुग्दा झुण्डिएको अवस्थामा फेला परेपछि तत्कालै दमौली अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीको भनाई छ ।

    “घरायसी विषयमा देवर र भाउजुबीच झगडा भएको, झगडा परेको देखेपछि श्रीमान्ले छुट्याएका रहेछन्,” प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले भन्नुभयो, “झगडा साम्य भएर युवती कोठामा पुगेपछि मृत अवस्थामा फेला परेकी थिइन् ।” यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।