भानु नगरपालिकाको सेवा आजदेखि भन्सारबाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु नगरपालिकाको सेवा आजदेखि भन्सारबाट

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाको सेवा आज (बिहीबार) देखि वडा नम्बर १ को भन्सारबाट सञ्चालन हुने भएको छ । नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा मङ्गलबार सम्पन्न कार्यपालिकाको बैठकले
    आजबाट भन्सारमा रहेको शहरी विकास आयोजनाको एकिकृत सरकारी भवनबाट नगरपालिकाको सेवा शुरु निर्णय गरेको थियो।

    यस अघि २०७६ माघ २३ गते बसेको कार्यपालिकाको बैठकले नगरपालिकाको हालको केन्द्रको रुपमा रहेको वडा नम्बर
    २ को फुस्रेटार स्थित कार्यालय भवन सुविधाजनक नभएको र नगरपालिकाको आफ्नै नीजि जग्गा पनि नभएको, नगरपालिकाको आफ्नै जग्गामा कार्यालय भवन लगायत नयाँ संरचना बनाउने स्थान समेत नभएको, सबै वडाका नागरिकलाई आवतजावत गर्न पनि असहज भएकोले सबै वडाको आवतजावतलाई सहज हुने किसिमले नगरपालिकाको कार्यालय राख्नु पर्ने भएकोले फुस्रेटारको सट्टा वडा
    नम्बर १ को डुम्रे वेशीशहर राजमार्गको आसपासको उपर्युक्त स्थानमा
    नगरपालिकाको केन्द्र कायम गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय र नगरपालिकाको अनुरोध अनुसार शहरी विकास मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै असोज १ गतेदेखि तीन वर्षका लागि डुम्रे–भन्सार शहरी विकास आयोजनाको कार्यालयको तल्लो तला नगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको छ।