वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएकाे हाे ।

    गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयाे । अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रियसभामा खाली छ।

    २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई नेकपाले राष्ट्रियसभामा पठाएको हो ।