नारायणी नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    नारायणी नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन अनुरोध

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    चितवन : केही दिनयता देशैभर भइरहेको निरन्तर वर्षाका कारण विभिन्‍न नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । चितवनको नारायणी नदीमा पनि पानीको बहाव बढेर सतर्कता तह नाघेको छ ।

    बाढी पुर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा नदीले सतर्कता तह पार गरेको छ । पुलतर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गर्नेछ ।

    पहाडी क्षेत्र तथा चितवनमा पनि निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा नदीले खतराको तह पार गर्ने देखिन्छ । निरन्तर वर्षासंगै बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।