काँग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काँग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, बिहीबार

    काठमाडाै : गत भदौ २३ गते कोरोना पुष्टि भएपछि उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोनामुक्त हुनुभएकाे छ । बुधवार राति गरिएको परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो।

    कोइरालालाई होम आइसोलेनसमा उपचार हुँदै आए पनि थप समस्या भएपछि भदौ २३ गते ओम अस्पताल भर्ना गरिएको थियो। उहाँ अन्य समस्याबाट मुक्त भएर असोज ३ गते अस्पतालबाट डिस्चार्ज हुनुभएकाे थियाे । तैपनि कोरोना कायमै थियो । अब भने उहाँ काेराेनामुक्त हुनुभएकाे छ ।