एकैदिन थपिए ३ लाख १७ हजार बढी संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    एकैदिन थपिए ३ लाख १७ हजार बढी संक्रमित

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    एजेन्सी: विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५१ हजार ५१ पुगेको छ । बितेको २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् ।

    शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ । एकैदिन ५ हजार ८०८ संक्रमित थपिएका छन् ।

    अहिलेसम्म २ करोड ४१ लाख ६७ हजार ४४८ जनाले कोरोनालाई जितेका छन् ।

    विश्वमा ७५ लाख ९० हजार ६३५ जनामा सक्रिय संक्रमण छ । संक्रमित ६३ हजार ७१७ को अवस्था गम्भीर छन् ।

    सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा एकैदिन ५३ हजार ३३२ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या ७२ लाख ४३ हजार ३ पुगेको छ । अहिलेसम्म २ लाख ८ हजार ४४०ले ज्यान गुमाएका छन् ।

    त्यस्तै भारतमा एकैदिन ८५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमित भारतमा अहिलेसम्म ५९ लाख १ हजार ५७१ पुगेको छ।