तनहुँ : डा. गोविन्द केसीको समर्थनमा दमौलीमा शुक्रबार बिहान ११ बजेदेखि अनसन बसेका दुई युवाले शनिबार दिउँसो २ बजे अनसन तोड्नुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दुई युवाले २७ घण्टापछि अनसन तोड्नुभएको हो ।
दुई युवालाई लायन्स क्लव अफ ३२५ वि १ का नेपालका पूर्व गभर्नर अशोककुमार श्रेष्ठले जुस खुवाएर अनसन तोडाउनुभएको थियो । चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा. केसीले पटक पटक अनसन बसेपनि सरकारले उहाँको माग पूरा नगरेको भन्दै दबाब स्वरुप सागर घिमिरे र विनोद सापकोटा अनसन बस्नुभएको थियो ।