मिर्गौला पीडितलाई व्यास मुस्लिम समाजको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई व्यास मुस्लिम समाजको सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    तनहुँ : व्यास मुस्लिम समाजले तनहुँको व्यास नगरपालिका–४ निवासी दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले मिर्गौला पीडित अब्दुल गफ्फार मियाँ र रामलाल श्रेष्ठलाई शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

    समाजले मियाँलाई रु ६ हजार र श्रेष्ठलाई रु ५ हजार प्रदान गरेको छ । उक्त रकम समाजका अध्यक्ष एनजे अली लगायत समाजका पदाधिकारी एवं सदस्यहरुले हस्तान्तरण गर्नुभयो । दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका उहाँहरुलाई उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरिएको अलीले जानकारी दिनुभयो ।