कस्तो छ आजको मौसम ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कस्तो छ आजको मौसम ?

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७७, आईतवार

    काठमाडौं : देशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनमा भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको उल्लेख छ। 

    अहिले प्रदेश नं. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक/ दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

    सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। राती प्रदेश नं १ का एक/ दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।