घिरिङमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बुधबार

    तनहुँ: तनहुँको घिरिङ गाउँपालिकामा तीन कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार तीन पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयका अनुसार घिरिङ-४ का १९, २८ र वडा नं ३ का २४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै कास्कीमा २७, गोरखामा एक, नवलपुरमा पॉच, बागलुङमा सात र लमजुङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय १० पुगेको छ ।