सवारीसाधनमा अङ्ग्रेजी नम्बरप्लेट राख्ने निर्णय सच्याउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    सवारीसाधनमा अङ्ग्रेजी नम्बरप्लेट राख्ने निर्णय सच्याउन माग

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरुकुलम्ले सवारी साधनका नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न माग गरेको छ । सर्वोच्च अदालतले नेपालका सवारी साधनहरुमा प्रयुक्त देवनागरी लिपी परिवर्तन गरी अङ्ग्रेजी इम्बोष्ट नम्बर प्लेट राख्ने आदेश जारी गरेकामा आपत्ति जनाउँदै गुरुकुलम्ले उक्त निर्णय खारेजीको माग गरेको हो

    गुरुकुलम्का अध्यक्ष स्वामी रमणानन्द गिरीले आज प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सर्वोच्चको उक्त फैसलाले नेपालीहरुको आत्मगौरवमा ठेस पु¥याएको बताउनुभएको छ । राष्ट्रको अस्मितासँग जोडिएको यस्तो फैसलाका विरुद्ध मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका तर्फबाट उठाइएको आवाजतप्रति पनि गुरुकुलम्ले ऐक्यबद्धता जनाएको छ ।

    राष्ट्र भनेको भाषा, भेषभूषा, संस्कृति र परम्पराको साझा रुप भएको उल्लेख गर्दै विज्ञप्तीमा नेपाली भाषालाई राष्ट्रभाषा, सरकारी कामकाजको भाषा, माध्यमभाषा र सम्पर्कभाषाका रुपमा संवैधानिक मान्यता प्राप्त भएको जनाइएको छ । “नेपाल राष्ट्रको पहिचान बोकेको नेपाली भाषामाथिको जुनसुकै किसिमको प्रहारलाई नेपाल आमामाथिको प्रहारका रुपमा हामीले लिएका छौ,” विज्ञप्तीमा भनिएको छ ।

    कतिपय अवस्थामा नेपाल सरकार, शिक्षा मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका आधिकारिक निकायहरुबाट समेत नेपाली भाषालाई निमोठ्ने काम हुँदै आइरहेको विज्ञप्तीमा उल्लेख छ ।