काठमाडौ : नेपालमा मनसुन बाहिरिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट लगभग यो हटिसकेको छ।
‘यसबारे हामी अध्ययन गर्दै छौं,’ उहॉले भन्नुभयो, ‘अहिले ११/१२ बजेतिर हामी यसबारे बुलेटिन जारी गर्दैछौं, सम्भवतः सुदूरपश्चिमदेखि ५ नम्बर प्रदेशसम्म मनसुनको प्रभाव हटेको अनुमान छ।’
उहॉका अनुसार मनसुनी प्रणाली नेपालको पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ। पश्चिमतर्फ मनसुनको प्रभाव हट्दै गएको भए पनि नेपालबाटै बाहिरिन भने अझै केही दिन लाग्ने देखिएको मौसमविद् पोखरेलले बताउनुभयो ।