मन्त्रालय फुटाउने तयारीप्रति वरिष्ठ नेता पाैडेलकाे विराेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रालय फुटाउने तयारीप्रति वरिष्ठ नेता पाैडेलकाे विराेध

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    काठमाडाै : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले मन्त्रीमण्डल पुनर्गठनका लागि मन्त्रालय फुटाउने तयारीप्रति विराेध जनाउनुभएकाे छ । मन्त्रालय फुटाएर पद बाँड्ने प्रवृतिकाे विराेध गर्दै वरिष्ठ नेता पाैडेलले त्यसाे नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएकाे छ ।

    काेराेना महामारीका बेला जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेकाे अवस्थामा मन्त्रालय बढाउने काम गरिए काङ्ग्रेस विराेधमा उत्रने पाैडेलले चेतावनी दिनुभयाे । देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नाे सुविधाका लागि मन्त्रालय फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैर जिम्मेवार प्रवृतिलाई नयाँ संविधानले अन्त्य गरेकाे पाैडेलकाे भनाई छ ।