२४ घण्टामा थपिए १९११ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा थपिए १९११ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    काठमाडौँ : पछिल्लो २४ घण्टामा एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७९ हजार ७२८ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको सङ्ख्या ९६१ रहेको जानकारी दिनुभयो ।

    विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार ४४४ जनामा गरिएको छ । त्यो सँगै नेपालमा हालसम्म १० लाख ३३ हजार ९४७ परीक्षण गरिएको छ ।

    हालसम्म देशभरि जम्मा उपचाररत सङ्क्रमितहरुको सङ्ख्या २१ हजार ८३० छ । क्वारेन्टिनमा रहने व्यक्तिहरुको सङ्ख्या ५ हजार ७७ छ । सङ्क्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार ३८९ जना रहेको छ । कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ७१.९ प्रतिशत छ ।

    पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लाहरुमा मोरङ, सिरहा, सुनसरी, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही गरी आठ जिल्ला छन् । कोरोना संक्रमण शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा र मुगु रहेका छन् ।