डिजेल र मट्टितेलको मूल्य घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    डिजेल र मट्टितेलको मूल्य घट्यो

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ । बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

    भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ ।