गगन थापा सहित चार नेतालाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गगन थापा सहित चार नेतालाई कोरोना

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, आईतवार

    काठमाडौ: पूर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चार जना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उहॉहरुसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    १९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो ।शनिबार आएको रिपोर्टमा केन्द्रीय सदस्य थापा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएको हो । १५ जना केन्द्रीय सदस्यको पुनः परीक्षण गरिने भएको छ भने केहीको रिपोर्ट आउन बाँकी छ ।
    कोरोना संक्रमण पुष्टि भएपछि थापा र केसीले होम आइसोलेसनमा बसिरहेको जनाएका छन् । उहॉहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ ।