व्यास यातायात प्रालिका कर्मचारीलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास यातायात प्रालिका कर्मचारीलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँ व्यास यातायात प्रालिका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार व्यास नगरपालिका–१० का ३५ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परीक्षण गर्दा उहाँलाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    यस्तै फिभर क्लिनिकमा परीक्षण गर्दा लमजुङको वेशीशहर नगरपालिका–४ का ५६, कास्कीको पोखरा महानगरपालिका–८ का २४, वडा नं २६ का ४२, ३५ र वडा नं १० का ३६ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार १ सय ३ पुगेको छ ।