चितवनमा थप ६६ जनामा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थप ६६ जनामा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    चितवन : चितवन मेडिकल कलेजमा गरिएको कोरोना परीक्षणमा ६६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । सोमबार विहान सार्वजनिक भएको विवरणअनुसार १ सय ८७ जनाको स्वाब परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो । 

    यीमध्ये ४७ जना चितवनका हुन् । त्यस्तै, कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना नवलपुरका, ३ जना मकवानपुरका रहेका छन् । त्यस्तै, बारा, पर्सा, रुपन्देही र तनहुँका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।