प्रदेश–५ को नाम अब लुम्बिनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    प्रदेश–५ को नाम अब लुम्बिनी

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, मंगलवार

    बुटवल : प्रदेश नम्बर ५ को नाम अब लुम्बिनी प्रदेश भएको छ। प्रदेशको नाम लुम्बिनी राख्न सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत पुगेपछि प्रदेशको नामको टुंगो लागेको हो।  

    प्रस्तावको पक्षमा ७९ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो। प्रस्तावको विपक्षमा मत दिने सांसदहरुमा सुमन शर्मा, पुरमति ढेगामगर, सहसराम यादव र विजय यादव छन्।