भीमाद र घिरिङमा पॉच सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    भीमाद र घिरिङमा पॉच सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा पॉच कोरोना सङ्क्रमित थपिएका छन् । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

    स्वास्थ्य निर्देशनालयका अनुसार भीमाद नगरपालिकामा चार र घिरिङ गाउँपालिकाकामा एक सङ्क्रमित थपिएका छन् । भीमाद नगरपालिका-६ का ३८, २०, १८, ३७ र घिरिङ गाउँपालिका-४ का २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    भीमादमा समुदायस्तरका व्यक्तिमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरी पिसीआर परीक्षण गरिएको थियो । समुदायमा कोरोना जोखिम बढेसँगै भीमादमा असोज २२ गतेसम्म लकडाउन गरिएको छ ।