चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    चितवन : चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका ६० वर्षीय एक पुरूष, र डोटीका ४१ वर्षीय पुरूष छन् ।

    भरतपुर अस्पतालले बुधबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १२ पुरूष र ३ वर्षीया बालिकासहित ५ महिलामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै खैरहनीका २ पुरूष र २ महिला, राप्तीका १ पुरूष र रत्ननगरका २ पुरूष र १ महिलामा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभयो ।