धरानमा कोरोना सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    धरानमा कोरोना सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७७, बिहीबार

    धरान : धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका १० का ३९ वर्षीय पुरुषको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

    उनलाई १२ गते कोरोना पोजेटिभ भएको थियो। उनलाई उपचारको लागि १३ गते कोभिड अस्पतालमा भर्ना भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। मृतक पुरुषमा क्षयरोग र मिर्गौलाको समस्या रहेको थियो। योसँगै प्रतिष्ठानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ।