ओली र दाहालबीच बालुवाटारमा छलफल जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली र दाहालबीच बालुवाटारमा छलफल जारी

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७७, बिहीबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ। पार्टी एकतालाई पूर्णता दिने विषयमा छलफल गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो। मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा पनि कुराकानी भएको बताइएको छ । 

    ६ असोजमा बसेको सचिवालय बैठकले एकताको बाँकी काम सक्नका लागि प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो। १० दिनभित्र प्रस्ताव तयार गर्न भनिए पनि अहिलेसम्म तयार भइसकेको छैन। 

    त्यस्तै दुई अध्यक्षबीच निरन्तर छलफल भइरहे पनि मन्त्रिपरिषद् पुनर्गठनको समेत टुंगो लाग्न सकेको छैन।