तनहुँमा आजकाे काेराेना अपडेट : थुनुवा, बैङ्कका कर्मचारी सहित ४४ जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा आजकाे काेराेना अपडेट : थुनुवा, बैङ्कका कर्मचारी सहित ४४ जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँमा थुनुवा, बैङ्कका कर्मचारी सहित ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँका थुनुवा सहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँमा रहेका थुनुवा शुक्लागण्डकी नगरपालिका–७ का ३४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालयमा रहेका चार थुनुवाको स्वाब सङ्कलन गरी पठाइएकामा एक जना थुनुवामा कोरोना पुष्टि भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    यसैगरी व्यास नगरपालिकामा ११ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित एक जना प्रहरी ३८ वर्षीय पुरुष हुन् । त्यस्तै व्यास नगरपालिका–१ का ३७, व्यास नगरपालिका–२ का ५३, १२, व्यास नगरपालिका–४ का २७, व्यास नगरपालिका–५ का २८, व्यास नगरपालिका–१० का ३४, ८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै व्यास नगरपालिका–१० कै २८ र ४० वर्षीया महिला र व्यास नगरपालिका–८ का २५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–१, ५, ८ र १० का सङ्क्रमित  क्वारेन्टिनबाट पहिचान हुनुभएको हो ।

    यस्तै दमौलीस्थित प्रभु बैङ्कका आठ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुने बैङ्कका व्यास नगरपालिका–२ का २७, २७ वर्षीय पुरुष, २१ वर्षीया महिला, व्यास नगरपालिका–१ का २९, व्यास नगरपालिका–४ का ३८ वर्षीया महिला, व्यास नगरपालिका–२ का २९, व्यास नगरपालिका–३ का २६, व्यास नगरपालिका–१ का ३३ वर्षीय पुरुष छन् ।

    माछापुच्छ«े बैङ्कका कर्मचारी व्यास नगरपालिका–२ का २८ वर्षीय पुरुष र व्यास नगरपालिकाका कर्मचारी व्यास नगरपालिका–२ का २६ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङबाट व्यास नगरपालिका–३ का ५१, ४३ वर्षीय पुरुष, ३८ वर्षीया महिला, व्यास नगरपालिका–५ का ४०, ३८ र व्यास नगरपालिका–४ कै ३८ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–२ का ४२, ५५, व्यास नगरपालिका–३ का ३४, व्यास नगरपालिका–४ का ३२ वर्षीय पुरुष र व्यास नगरपालिका–३ का २४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये एक जना औषधी व्यवसायी र अर्का एक जना बैङ्कका कर्मचारी हुनुहुन्छ ।

    यसैगरी बन्दीपुर र शुक्लागण्डकी नगरपालिकाका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बन्दीपुर गाउँपालिकाका पाँच र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयका अनुसार बन्दीपुर गाउँपालिका–१ का ४२, १८ वर्षीय पुरुष, २२ वर्षीया महिला र ३ वर्षीया बालिकामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बन्दीपुर गाउँपालिका–२ का २३ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–४ का ३२ र शुक्लागण्डकी नगरपालिका–५ का ३२ वर्षीय पुरुष, सोही वडाका ३२ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका–६ का ४१ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–८ का २३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा शुक्लागण्डकी नगरपालिका–५ का ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।