


काठमाडौँ : कोरोना भाइरसबाट संक्रमित भइ उपचारको क्रममा नेकपा नेता शान्ता चौधरीलाई आइसियूमा सारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक चौधरीमा थप समस्या देखिएपछि वीर अस्पतालको आइसियूमा सारिएको हो । उहाँलाई शुक्रबार राति आइसियूमा सारिएको हो ।
अशोज १९ गते संक्रमण पुष्टि भएसँगै उहाँको वीर अस्पतालमै उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा सारेर उपचार भइरहेको उहाँको सचिवालयले जनाएको छ । स्तन क्यान्सरलाई जित्नुभएकी उहाँ गएको वर्ष डेंगीका कारण बिरामी पर्नुभएकाे थियाे ।