रोटरीले दियो व्यास नगरपालिकालाई पिसीआर मेसिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटरीले दियो व्यास नगरपालिकालाई पिसीआर मेसिन

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    तनहुँ : रोटरी क्लव अफ नेपालले तनहुँको व्यास नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गरेको छ । क्लवले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उक्त मेसिन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

    गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले संयुक्त रुपमा उक्त मेसिन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

    रोटरीले हस्तान्तरण गरेको मेसिनले अब दमौलीमै कोरोना परीक्षण गर्न सहज हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो । स्थानीय अस्पताललाई मेसिन सञ्चालन गर्न अनुरोध गरिने र अस्पतालले चलाउन नमाने नगरपालिका आफैले ल्याब बनाएर मेसिन सञ्चालन गर्ने न्यौपानेले बताउनुभयो । “दमौली अस्पतालले मानेन भने छुट्टै ल्याब बनाएर व्यास नगरपालिकाले नै सञ्चालन गर्छ,” न्यौपानेले भन्नुभयो । उहॉका अनुसार १५ दिनपछि मेसिन सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ ।

    नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उक्त मेसिनबाट तीन घण्टामा आठ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । उक्त मेसिनको प्रयोग कोभिड-१९ पछि पनि गर्न सकिन्छ । “आधुनिक प्रविधको मेसिन भएकाले यसले अन्य रोगहरुको पनि परीक्षण गर्न सकिन्छ,” उहॉले भन्नुभयो ।