सरकार र डा. केसीबीच आठबुँदे सहमति, अनसन आज तोडिदैँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकार र डा. केसीबीच आठबुँदे सहमति, अनसन आज तोडिदैँ

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    काठमाडौ : २७ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यराति ८ बुँदे सहमति भएको छ । डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमतिमा हस्ताक्षर गरेसँगै डा. केसीले आज (आइतबार) विहान  ९ः३० बजे अनसन तोड्नुहुनेछ ।

    सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

    यस्तै विश्‍वविद्‍यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

    यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्‍ने सहमतिमा उल्लेख छ ।