तनहुँ : तनहुँमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या करीब ६ सय नजिक पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले बुधबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ५ सय ९७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी व्यास नगरपालिकामा १ सय ५४ सङ्क्रमित छन् । त्यस्तै भानुमा ८६, शुक्लागण्डकीमा ९४, भीमादमा ३५, म्याग्देमा ३४, घिरिङमा ३७, ऋषिङमा ६७, देवघाटमा २४, बन्दीपुरमा ४३ र आँबुखैरेनीमा २३ जनालाई कोरोना सङ्क्रमण भएको छ । त्यसमध्ये ४ सय ११ सङ्क्रमित निको भएको र १ सय ८१ सङ्क्रमित सक्रिय रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
जिल्लामा आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भीमादमा तीन, व्यासमा दुई, म्याग्देमा एक, आँबुखैरेनीमा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।