गण्डकी प्रदेशमा थपिए ५६ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए ५६ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    पोखरा : कार्तिक ३ गते बिहानसम्म गण्डकी प्रदेशमा थप ५६ जनामा कोभिड १९ पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५६ जना संक्रमित भेटिएका हुन्।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जिल्लाका ३५ जनामा संक्रमण देखिएको हो। तनहुँका ९ जना, बाग्लुङका २ जना र बाँकी २४ जना कास्कीको पोखरा महानगरपालिकाका रहेका छन्।

    भरतपुर अस्पतालमा गरिएको परीक्षणमा तीन जिल्लाका ७ जनामा कोभिड १९ पुष्टि भयो। नवलपरासीका ५ जना तथा लमजुङ र वाग्लुङका एक एक जनामा पुष्टि भयो।

    त्यसैगरी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ। गण्डकीका ३ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो। नवपरासीका १२ जना, तनहुँ र गोरखाका एकएक जनामा संक्रमण पोजेटिभ देखिएको छ।

    त्यसैगरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की र स्याङ्जाका ११ जनामा संक्रमण पुष्टि भएको छ। कास्कीको पोखरा महानगरपालिकाका एक जना र स्याङ्जाको भिरकोटका १० जनामा कोभिड १९ पोजेटिभ देखिएको हो।