सङ्गमको ‘जुनु’ सार्वजनिक (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सङ्गमको ‘जुनु’ सार्वजनिक (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    तनहुँ : श्रीमान् धन कमाउन विदेशिन्छन् । श्रीमती छोरा पढाउन बजारमा डेरा गरी बसेकी छन् । कोभिड–१९ को सङ्कटका कारण विदेशमा धेरैले रोजगारी गुमाएका छन् । जुनुका श्रीमान् पनि त्यसबाट अछुतो रहेनन् । श्रीमान्ले पैसा नपाएपछि जुनुले ६ महिनासम्म घर भाडा तिर्न सकेकी छैनन् ।

    घरबेटी सँधै भाडा माग्न आउँछन् । जुनुले श्रीमान्ले पैसा पठाउने बित्तिकै भाडा तिर्छु भन्छिन् । एकदिन घरबेटी जुनुको कोठामा जान्छन् अनि विभिन्न प्रलोभन देखाउँदै यौन सम्पर्कको प्रस्ताव राख्छन् । जुनुले मान्दिनन्, घरबेटीले जबरजस्ती गर्छ, घरबेटीको अगाडी उनको अगाडी केही चल्दैन ।

    कोरोनाको प्रभाव र वैदेशिक रोजगारीको समस्यालाई चित्रण गर्दै कलाकार सङ्गम कायस्थको निर्देशनमा बनेको सर्ट मूभी ‘जुनु’ सोमबार सार्वजनिक भएको छ । युट्युव च्यानल भ्वाइस अफ तनहुँ मार्फत् उक्त चलचित्र सार्वजनिक गरिएको हो ।

    चलचित्रमा प्रभा श्रेष्ठ जुनुको भूमिकामा छन् भने सुजन थापा घरबेटीको भूमिकामा छन् । साथै बाल कलाकारको भूमिका रोमन मल्लले निभाएका छन् ।