मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्टको उपाधि निर्जनालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्टको उपाधि निर्जनालाई

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७७, सोमबार

    काठमाडाै : सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगितामा भक्तपुरकी निर्जना पलान्चोके श्रेष्ठ प्रथम हुनुभएकाे छ । उहाँले नेपाली गीतमा नृत्य गर्नु भएको थियो ।

    प्रतियाेगितामा पत्रकार लक्ष्मी खतिवडा द्वितीय हुनु भएको छ । उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो भने तृतीय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ । उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो ।

    प्रतियाेगिताकाे निर्णायक मण्डलमा नायक तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दर्यविद सीता न्यौपाने, कर्पोरेट चिफ कुमार चालिसे, नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद बनियाँ रहनु भएको थियो ।

    नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्तिम छनौटमा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए । उक्त प्रतियाेगितामा महिलाहरुको आफ्नो आन्तरिक कलाहरु जस्तै अभिनय कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि विषयमा प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो बनाएर पठाउनु भएको थियो । उक्त भिडियोे छनोट पछि सिजन मिडियाको अफिसियल फेसवुकमार्फत सार्वजनिक गरिएको थियो भने मूल्याङ्कनको लागि लाइक सेयर को आधारमा २५ प्रतिशत नम्वर अनलाइन र एसएमएस भोटिङवाट ५० प्रतिसत नम्वर र निर्णायक मण्डलको मूल्याङ्कनबाट २५ प्रतिशत गरि विजेता छनौट गरिएको हो ।

    उक्त विजेताहरुलाई २०७७ सालको दशै लगत्तै पुस्कार वितरण तथा सम्मान गरिने आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिनुभयाे । प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, द्वितीय हुनेले टिभी र तृतीय हुनेले भ्याकुम क्लीनर प्राप्त गर्नेछन् भने ५ जना प्रतियोगीलाई सान्वना पुरस्कार स्वरुप टेवल घडी प्रदान गरिने छ ।