दसैं बिदामा जिल्ला नछाड्न सीडीओ र सुरक्षा निकाय प्रमुखलाई गृहको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दसैं बिदामा जिल्ला नछाड्न सीडीओ र सुरक्षा निकाय प्रमुखलाई गृहको निर्देशन

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७७, सोमबार

    काठमाडौं : गृह मन्त्रालयले नजिकिँदो दसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने निष्कर्ष निकालेको छ।
     
    कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिंदै गृहले यसपटक चाडपर्व बिदामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकाय प्रमुखलाई जिल्ला नछाड्नसमेत निर्देशन दिइसकेको छ।
     
    “निकट रहेको बडादसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत  बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दसैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपचायहरू अवलम्बन गर्न/गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ,” गृहद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ। 

    कोभिड-१९ को संक्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिदै गएको गृहले जनाएको छ।