शुक्लागण्डकीका प्रमुख र उपप्रमुखद्वारा दशै भत्ता फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीका प्रमुख र उपप्रमुखद्वारा दशै भत्ता फिर्ता

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७७, बुधबार

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखले दशैं भत्ता फिर्ता गर्नुभएको छ । बुधबार प्रमुख किसान गुरुङ र उपप्रमुख सविता रसाईलीले दशैं भत्तामा पाएको ३० हजार रुपैयाँ प्रमुख प्रशासकीय अधिकृत गङ्गागाल सुवेदीलाई फिर्ता गर्नुभएकाे हाे । उक्त रकम कोरोना राहत कोषमा जम्मा हुनेछ ।

    कोरोनाको महामारी फैलिएको बेला आफुूहरुले दशैमा भत्ता लिनु उचित नभएकाले फिर्ता गरेको नगर प्रमुख गुरुङले बताउनुभयो । “कोरोना नियन्त्रण र व्यवस्थापनामा हामीले फिर्ता गरेको रकमले थोरै भएपनि सहयोग पुग्नेछ,” गुरुङले भन्नुभयो, “जनप्रतिनिधि सदैव जनताको हितमा सर्मपित हुनुपर्छ ।’ विपद्को बेला जनताले आलोचना गर्नेगरी भत्ता लिन आवश्यक नरहेको उपप्रमुख रसाईलीले बताउनुभयो ।