नवलपुरमा मात्रै थपिए ५५ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नवलपुरमा मात्रै थपिए ५५ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७७, मंगलवार

    पोखरा : गण्डकी प्रदेशको नवलपुरमा मात्रै मङ्गलबार ५५ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार कावासोती नगरपालिकामा मात्रै ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणबाट सङ्क्रमित पहिचान भएका हुन् ।