चितवनमा थप एक सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थप एक सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७७, बिहीबार

    चितवन : चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ।मकवानपुर हेटौंडा उप-महानगरपालिका-६ बस्ने ८२ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

    उनी ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए। तर उनमा कोभिड १९ भने कार्तिक १५ गते नै पुष्टी भइसकेको थियो। कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेका उनको आज बिहान १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।