तनहुँ : तनहुँमा सोमबार दश कोरोना सङ्क्रमित थपिएका छन् । थपिेनेमध्ये ऑबुखैरेनीका मात्रै नौ जना छन् । त्यस्तै ऋषिङका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
ऑबुखैरेनीका वडा नखुलेका ५०, ३०, ३४, ५२, ५३, १४, ११ वर्षीय पुरुष र ५१ र २५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै ऋषिङ-१ का २२ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।