निर्देशक दिपेस सापकोटाको दमदार कमब्याक : बिश्व र अस्मिताको स्वरमा नयाँ गीत (भिडियाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    निर्देशक दिपेस सापकोटाको दमदार कमब्याक : बिश्व र अस्मिताको स्वरमा नयाँ गीत (भिडियाे)

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७७, सोमबार

    काठमाडाै : युरोप र सिङ्गापुरमा फिल्म मेकिङ पढेर फर्केका निर्देशक दिपेस सापकोटा ‘आकासैको छानो मुनि बसाउँ एक सहर’ बोलको गीत निर्देशन गरि ओजपुर्ण ‘कमब्याक’ गरेक छन्। टेस्ट गरम, भन के छ बन्दोबस्त, कोरेर मेरो चित्र लगायत दर्जनौं हिट गीत दिइसक्नुभएका गायक बिश्व नेपालीलाई यो गीतमा अस्मिता परियारले स्वरमा साथ दिनुभएकाे छ ।

    सम्भ्रान्त परिवारका युवा युवतीको प्रेम जीवनलाई फ्रेममा उतारेको निर्देशक सापकोटा बताउनुहुन्छ । गीतलाई उत्कृष्ट बनाउन करिब एक हप्ता लगाएर सुटिङ गरिएको सापकोटाले जानकारी दिनुभयाे। नेपाली कलाकारीतामा कोभिड १९ को प्रभावसंगै ब्यवसायिक सफलता लिन गाह्रो भएको अवस्थामा ट्री इन्टरटेन्मेन्टले १२ लाख लगानी गर्नु उत्साहप्रद रहेको सापकोटाले बताउनुभयाे।

    मदानी क्रीएसनले प्रोडक्सन गरेको गीतको ‘लोकेसन’ र ‘प्रपर्टी’ले गीतको गरिमा बढाएको छ। गीतमा १९६६ मोडलको मस्टङ कार देख्न सकिन्छ। जाउलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रवन्ध निर्देशक राजबहादुर शाहको सो ‘भिन्टेज’ कारले भिडियोको ओज बढाएको छ। शाह क्लासिक कारको सङ्ग्रहमा सौख राख्नुहुन्छ । गीतको सुटिङ विभिन्न उत्कृष्ट गन्तव्यमा गरिएको छ। प्रभु हेलिकप्टर सँगको सहकार्यमा गीतको केही सिन हेलम्बुको मेलम्ची गाउँमा खिचिएको छ। होटल साम्बालाको रुफटप स्विमिङ पुलको सुर्यास्तको मनमोहक दृश्यले गीतमा सौन्दर्य बढाएको छ। बबरमहल रिभिजिटेड, याक एण्ड यति होटल, रिगल स्टुडियो लागायतका स्थानमा समेत गीतको सुटिङ गरिएको छ।

    कानुनको विद्यार्थी रोचक जोशी यो भिडियो मार्फत डेब्यु गर्नुभएकाे छ । कानुनसँगै एभरेस्ट फिल्म एकेडेमीमा कलाकरिताको अद्ययन गरिरहेका रोचकको अभिनय र काम प्रतीकको लगाबले गर्दा उहाँलाई अर्को भिडियोका लागि समेत अनुवन्धित गरिसकेको निर्देशक सापकाेटाले बताउनुभयाे । बलिउडमा संघर्षरत नेपाली मोडल मुना गौचन लामो समय पछि नेपाली भिडियोमा कमब्याक गर्नुभएकाे छ । विभिन्न बिज्ञापन, म्युजिक भिडियो र केही फिल्ममा सहायक भुमिका गर्नुभएकी गौचन पछिल्लो समय मुम्बाइ बसेर आफ्नो कलाकरीता अगाडी बढाइरहनुभएकाे छ । सङ्गीत निर्देशक आनन्द राई रहेको गीतको सङ्गीत सम्योजन गोपाल रसाइलीले गर्नुभएकाे छ । गीतको शब्द डा. राजुबाबु श्रेष्ठले लेख्नुभएकाे हाे ।