३० फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ३० फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका ३० फरार प्रतिवादीलाई साेमबार पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले एकैदिन ३० जनालाई पक्राउ गरेको हो ।

    बैकिङ कसुर मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीय अनुपमणि अधिकारी पक्राउ परेका छन् । निज विरुद्ध उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गते तीन दिन कैद र रु दुई लाख ५० हजार जरीवानाको फैसला सुनाएको थियो । निजलाई आज सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    तिमिल्सिनाका अनुसार कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, नकवजनी चोरीमा विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई, चोरी मुद्दाका एक, सम्बन्ध विच्छेद मुद्दाका छ, कुटपिट मुद्दाका छ, लुटपिट मुद्दाका एक, जालसाजी मुद्दाका एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ परेकाहरुबाट एक महिना १८ दिन कैद र रु तीन लाख ३७ हजार नौ सय ५० जरीवाना असुल बाँकी रहेको छ । पक्राउ परेकालाई कैद र जरीवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रहरीले जनाएको छ ।