भीमादमा पॉच सहित थपिए छ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादमा पॉच सहित थपिए छ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७७, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भीमादमा पॉच र व्यासमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । व्यास-७ का २१ वर्षीया महिला र भीमादका वडा नखुलेका ३२, ६३ वर्षीया महिला र २४,४०, ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    मङ्गलबार नै बन्दीपुर, व्यास र शुक्लागण्डकीका पॉच जनामा सङ्क्रमण पुष्टि भएको थियो ।