


तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा बुधबार एकैपटक २२ जना कोरोना संक्रमित थपिएका छन् । ६१ जनाको पिसीआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । सोमबार होमक्वारेन्टिनमा रहेका र कन्ट्याक ट्रेसिङमा परेकाको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पोखरा पठाईएको थियो ।
नगरक्षेत्रमा जोखीम बढेको भन्दै सर्तकता अपनाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ । कोरोना भाईरसको संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिएपछि बन्द भएको शुक्लागण्डकीका मुख्य बजार ६ दिनपछि बुधबार मात्रै खुलेको थियो ।