भानुमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा नगरस्तरीय औद्योगिक ग्राम बन्ने

    विवि श्रेष्ठ

    २८ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठको विशेष पहलमा तनहुँको भानु नगरपालिका-३ खहरेमा नगर स्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औद्योगिक ग्राम बनाउनका लागि कार्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकबाट १ करोड बजेट विनियोजन भएको छ ।

    नगरपालिकामा बसोबास गर्ने कृषकहरुले उत्पादन गर्ने स्थानीय उत्पादनहरु धान, मकै, कुखुरा बाख्रा लगायत उत्पादनसँग जोडिएको वस्तुहरुको बजारीकरणका लागि ग्राम स्थापना गर्न लागिएको हो । कृषक र उपभोक्ताका बीचमा उत्पादन वस्तु खरिद विक्रीका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    आर्थिक वर्ष ०७७।०७८ को बजेटबाट खर्च हुने गरि हालका लागि १ करोड वजेट विनियोजन गरिएको र आवश्यकता अनुसार यो वजेट थप निकासा हुने सासंद किसान श्रेष्ठले जानकारी दिनुभयो । कृषकद्वारा उत्पादित वस्तुको विक्रीका लागि सहज वातावरण बनाउने र खरिद गर्ने उपभोक्ताले पनि एकैठाँउबाट समान खरिद गर्ने भएमा कृषकले पनि वजारीकरणका लागि समस्या नहुने सासंद श्रेष्ठले जानकारी दिनुभयो ।

    यसअघि पनि तनहुँको बन्दीपुर गाँउपालिका र ऑबुखैरेनी गाँउपालिकामा पनि पालिकास्तरीय औद्योगिक ग्रामको काम शुरु भईसकेको छ ।