वृद्धभत्ता लुटपाट गर्ने विशाल पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    वृद्धभत्ता लुटपाट गर्ने विशाल पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, शुक्रबार

     तनहुँ : वृद्धभत्ता लिएर घर फर्कदै गरेका तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ ऑबुगाउँका ७५ वर्षीय पुन नारायण श्रेष्ठलाई लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-४ च्याङ्ली बस्ने ३९ वर्षीय विशालजङ्ग शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    कात्तिक २५ गते दिउँसो घर फर्कदै गरेका श्रेष्ठलाई शाहीले धम्क्याएर दुईधारेस्थित एकान्तमा लगेर रु ९ हजार ४ सय लुटेका थिए । घटनाबारे श्रेष्ठले इलाका प्रहरी कार्यालय ऑबुखैरेनीमा जानकारी गराए पश्चात् प्रहरीले शाहीलाई बुधबार पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

    शाही विरुद्ध आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।