नेपाल बाल सङगठन तनहुँको पदस्थापना, अध्यक्षमा कैनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल बाल सङगठन तनहुँको पदस्थापना, अध्यक्षमा कैनी

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : नेपाल बाल सङ्गठन तनहुँको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल बाल सङ्गठन तनहुँको अध्यक्षमा प्राज्ञिक व्यक्तित्व डम्बरदेव कैनीलाई मनोनित गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यको सभापतित्वमा सम्पन्न भएको पदस्थापन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य केदार सिग्देल प्रमुख अतिथि रहनुभएको थियो । पदस्थापना गराउँदै सिग्देलले जिल्लाले बालबालिकाका हकहितमा काम गर्ने सवल नेतृत्व पाएको हुँदा जिम्मेवारका साथ काम गर्न आग्रह गर्नुभयो ।

    नवनियुक्त अध्यक्ष डम्वरदेव कैनीले राज्यले विश्वास गरेर नेतृत्व प्रदान गरेको हुँदा सबैको साथ र सल्लाह बमोजिम अगाडी बढ्ने बताउनुभयो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, जिल्ला समनवय अधिकारी प्रेमराज गिरी, भूमि सम्वन्धि आयोगका केन्द्रीय सदस्य एकवहादुर राना, नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपाने, प्रदेश सदस्य अतिन्द्र केशरी न्यौपाने, नेकपा जिल्ला सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतको उपस्थिति थियो ।