बन्दीपुरमा ९ सहित तनहुँमा थपिए ११ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा ९ सहित तनहुँमा थपिए ११ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७७, शनिबार

    तनहुँ : तनहुँमा शनिबार ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बन्दीपुर र घिरिङ गाउँपालिकामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार बन्दीपुरमा ९ र घिरिङमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बन्दीपुर गाउँपालिकाको वडा नखुलेका २०, २८, ३२ वर्षीया महिला र ४२, ३१, २९, ४७, ६२, ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै घिरिङ गाउँपालिकाको वडा नखुलेका २५ र ५७ वर्षीया पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।