व्यास र शुक्लागण्डकीबाट १९ जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास र शुक्लागण्डकीबाट १९ जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाट जुवा खेल्ने १९ जना पक्राउ परेका छन् । व्यास नगरपालिका–१ हाइस्कूलटार र शुक्लागण्डकी नगरपालिका–५ ब्राइटचोकबाट १९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    हाइस्कूलटारस्थित रेशम उच्चैले सञ्चालन गरेको रेष्टुरेण्टमा तास खेलिरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक सविता केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले १४ जनालाई पक्राउ गरेको छ ।

    प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा रेशम उचै, बिकास राना, एकराज शाही, केसर बहादुर खाण, रेशम सुनार, यम बहादुर मल्ल, खम बहादुर खान, देवन गुरुङ, गोपाल चन्द, बुद्ध सिंह थापा, मनोज खाण ठकुरी, केशर बहादुर शाही, सिद्ध बहादुर बंशी र नर बहादुर आले रहेका छन् । निजहरुको सातबाट रु ७४ हजार चार सय ४५ नगद बरामद गरिएको छ ।

    यसैगरी शुक्लागण्डकी नगरपालिका–५ ब्राइटचोकस्थित दिनेश कुमार श्रेष्ठले सञ्चालन गर्दै आईरहेको सिम्रन खाजा घरबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा याम बहादुर गरुङ, दिपक गुरुङ, बुद्धिबहादुर विक, ढकबहादुर खान, दिनेश कुमार श्रेष्ठ रहेका छन् । प्रहरीले निजहरुको साथबाट रु एक लाख ३४ हजार तीन सय २० बरामद गरेको छ ।

    पक्राउ परेका विरुद्ध आइतबार जिल्ला अदालत तनहुँबाट जुवा मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।