नागरिकसँग मत सर्वेक्षण गरी नीति, कार्यक्रम बनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नागरिकसँग मत सर्वेक्षण गरी नीति, कार्यक्रम बनाइने

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नगरवासीको मत सर्वेक्षणका आधारमा आगामी वर्षको नीति, कार्यक्रम र योजना तर्जुमा गर्ने भएको छ । जनप्रतिनिधि निर्वाचित भएको ४३ महिना पूरा भइसकेकाले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम नगरवासीको मत सर्वेक्षणका आधारमा गर्न लागेको हो ।

    जनताको सुझावलाई ग्रहण गर्दै नीति, कार्यक्रम, योजना र प्राथमिकता निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । त्यसका लागि नगरपालिकाले शेयरकाष्ट इनिसिएटिभ नेपाल संस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । “नगरवासीको सुझावका आधारमा योजना बनाउन मत सर्वेक्षणको तयारी गरेका छौ, नगरवासीको सुझाव हाम्रा लागि मार्गदर्शन हुनेछन्,” न्यौपानेले भन्नुभयो ।

    चालु आर्थिक वर्षको चार महिनामा नगरपालिकाबाट विभिन्न वडामा एक सय ८४ क्रमागत र यस वर्षका एक सय १५ योजना सम्झौता भई कार्यान्वयनको चरणमा छन् । कोभिड–१९ को जोखिमका कारण बन्द रहेका विद्यालय सहजीकरण निर्देशिका, २०७७ बमोजिम सञ्चालन गर्ने र वडा समितिबाट नियमित अनुगमनको व्यवस्था मिलाउने नगरपालिकाको तयारी छ ।