भ्रष्टाचारविरुद्ध नविन पौडेलको गीत ‘लेउ खुकुरी लेउ’ सार्वजनिक (भिडियाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    भ्रष्टाचारविरुद्ध नविन पौडेलको गीत ‘लेउ खुकुरी लेउ’ सार्वजनिक (भिडियाे)

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०७७, सोमबार

    काठमाडौं : देशमा भइरहेका विभिन्न क्षेत्रका भ्रष्टाचारविरुद्ध लोकदोहोरी गायक नविन पौडेलले ‘लेउ खुकुरी लेउ’ बाेलकाे गीत ल्याउनुभएकाे छ । उहाँले हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर जनचेतनामुलक गीत ल्याएको जानकारी दिनुभयाे ।

    गायक पौडेलको आफ्नै शब्द, संगीत र आवाज रहेको उक्त गीतमा ब्याक ग्राउण्डमा रहेर ग्रुपमा उनलाई प्रसाद खप्तरी मगर, प्रिन्स अबिरल, चन्द्रीका ओझा, सपना सुनाम, सुनिता सुनेल लगायत कलाकारले स्वरमा साथ दिनुभएकाे छ ।

    मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा केशव बडुको संगीत संयोजन रहेको छ । गायक पौडेलको आफ्नै युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    त्यस भिडियोमा गायक नविन पौडेल, विष्णु भट्टराई, बालकलाकार स्वीकृती पौडल, पुश्पराज बराल (बर्दीया बाँसगढी), क्रृष्ण बास्तोला (बर्दीया बाँसगढी),  धनराज पौडेल, परि शर्मा, गिता केसी, यमुना अर्याल, कल्पना पाण्डे, प्रवीण पौडेल, सगुन शर्मा, तेजु अर्याल, नारायण लेकाली लगायतले देशको राष्ट्रिय झण्डा र खुकुरीको साथमा अभिनय गर्नुभएकाे छ । देशमा भएका भ्रष्टाचार, बलात्कार जस्ता घटनालाई मध्यनजार गरेर उक्त गीत सृजना गरेको पौडेलले बताउनुभयाे ।

    देशको राष्ट्रिय स्वामित्वमाथि विदेशीले हस्तक्षेप गर्दा पनि देशका प्रमुखहरु रमिता हेरेर बसिरहेको, जनताको पीरमर्काको बारेमा सरकारले गरेको बेवास्ता र आफ्नै दलबीचको भागबण्डामा रुमल्लिएकोले सरकारलाई यस गीतले सचेत गराउन भूमिका खेल्ने गायक पौडेलले जिकिर गर्नुभयाे ।

    यस गीतमा सामाजिक उत्तरदायित्व अन्तरगत संस्कृति संरक्षणमा गरिमा विकास बैंक, स्टार अटो इन्टरप्राइजेज बजाज मोटरसाइकलको शोरुम लैनचौर, भैरव ग्रुप बुटवल, पूजा प्लास्टिक इण्डस्ट्रीज तिलोत्तमा ले सहयोग गरेका छन् ।

    (साैर्य अनलाइनबाट)